जुवाको खालबाट १२ लाख बरामद

चितवन | साउन २०, २०८३

जुवाको खालबाट १२ लाख बरामद

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 


उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद गरिएको छ । जिल्लाका विभिन्न पाँच स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवले जानकारी दिनुभयो । 


पक्राउ परेका सबैलाई जुवा कसुरअन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ । कतिपय मुद्दा अनुसन्धान सकेर जिल्ला प्रशासन कार्यालय पठाइसकिएको उहाँले बताउनुभयो ।

 
कार्यालयले गत आर्थिक वर्षमा १०१ जना जुवाडे पक्राउ गरी कारबाही गरेको थियो । उनीहरूबाट रु १२ लाख नौ हजार ३६५ बरामद गरिएको थियो । उनीहरूलाई समेत जुवा कसुरमा कारबाही गरिएको थियो । पछिल्लो समय जुवा खेल्ने स्थानमा प्रहरीले खोजतलास बढाएको छ ।

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्